१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुईहप्ते अभियानमा खोप लगाउन लागिएको हो ।

विसं २०७३ जेठदेखि २०७५ भदौसम्म नेपालमा सुईमार्फत लगाइने पोलियोविरुद्धको खोप (आइपिभी) आपूर्ति बन्द हुँदा उक्त सङ्ख्याका बालबालिका खोपविहीन बन्न पुगेका जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई अभियान सञ्चालन गरी जेठ १३ गतेदेखि २६ गतेसम्म ‘फुल–डोज’का रूपमा खोप लगाइने जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव एवं जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्रमुख रागीश्री कक्षपतिले जानकारी दिए  । उनका अनुसार खोप अभियान विद्यालयमा सञ्चालन गरिने भएकाले विद्यालय बाहिर रहेका बालबालिकालाई भने समेट्न ठूलो चुनौती छ ।

कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले जिल्लास्थित १३ स्थानीय तहका १७ हजार सात सय ५९ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा सञ्चालित खोप केन्द्रका लागि दुई सय ६१ खोपकर्मी र पाँच सय ११ शिक्षकलाई अनुशिक्षण गरिसकिएको छ । स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिलाई खोपका बारेमा अभिमुखीकरण गराउने कार्यक्रम सुरु गरिएको छ । 

कार्यालयका अनुसार एलर्जी हुने, सिकिस्त बिरामी भएका तथा उक्त अवधिबाहेकमा जन्मिएका बालबालिकालाई भने उक्त खोप लगाउन हुँदैन । यसबाहेक पाँच वर्षमुनिका अन्य बालबालिकालाई भने नियमित लगाइने खोपमा नै पोलियोविरुद्धको खोप दिइँदै आइएको छ । 

मुखबाट खुवाइने पोलियोविरुद्धको खोप (ओपिभी)को परिपूरकका रूपमा विसं २०७१ असोजदेखि नेपालमा सुईबाट लगाइने पोलियोविरुद्धको खोप (आइपिभी) लगाउन सुरु गरिएको थियो । पाँच वर्षमुनिका बालबालिका जसको प्रतिरोध क्षमता शक्तिको राम्रो विकास भइसकेको हुँदैन तिनमा पोलियोको जोखिम बढी हुन्छ । यस्तै पोलियो लागेमा पक्षघातसम्मको गम्भीर जोखिम हुनसक्छ । 

“पोलियो लाग्नुको मुख्य कारक ‘पोलियो’ नामक भाइरस नै हो । पोलियोको भाइरस घाँटी र आन्द्रामा हुन्छ र यो सामान्यतः एक व्यक्तिबाट अर्कोमा सङ्क्रमित व्यक्तिको दिसाबाट फैलन्छ । सिँगान, थुक र र्‍यालबाट पनि यो रोग फैलन सक्छ । जन्मदेखि एकपटक पनि पोलियो खोप नलिएका वा पोलियो थोपा(खोप) पूरा मात्रामा नलिएका बालबालिका यस रोगको उच्च जोखिममा हुन्छन्”, खोप अधिकृत न्यौपानेले भने । 

प्रतिक्रिया दिनुहोस