काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफूले पनि अनुमति दिएको बताएका छन् ।
सम्पादकहरूको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री दाहाले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले सम्पादकहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै भने, ‘म तपाईँहरूको माग प्रति संवेदनशील छु । अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ ।’
सत्ताको दुरुपयोग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा सम्पादकहरूले बुधबार प्रधानमन्त्रीलाई पाँच बुँदे पत्र बुझाएका हुन् ।
सम्बन्धित समाचार : सिरोहिया पक्राउबारे आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र







