काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले नेपाल पत्रकार महासंघको नेतृत्वलाई सदस्यता सूचीमा भएको जालझेल तथा तिकडमबाजीलाई २४ घण्टाभित्र सच्याउन माग गरेको छ ।
सूची नसच्याए देशव्यापी रूपमा हुने तालाबन्दीसहितका प्रतिकार सामना गर्न महासंघ नेतृत्वलाई तयार रहन चेतावनी दिएको हो ।
नेपाल पत्रकार महासंघको गत वैशाख २१-२२ गते काठमाडौँमा सम्पन्न २७ औँ महाधिवेशनले निर्देश गरेबमोजिम यही जेठ महिनाको २६ गते सम्पन्न हुनुपर्ने तीनै तहको निर्वाचनपूर्व प्रकाशित गरिनुपर्ने सूचीमा गम्भीर जालझेल भएको अध्यक्ष विश्वमणि सुवेदीले आरोप लगाएका छन् ।
गैर पत्रकारलाई निर्णायक मतदाता बनाउने कार्यमा केही पदाधिकारी तल्लीन भएको सुवेदीको भनाई छ ।








