११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले द्वन्द्व र मुठभेडको अवस्था चाहेको एमाले नेता बर्तौलाको दाबी

अ+ अ-

काठमाडौँ । सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको विषय निरूपण गर्न छलफल बाक्लिँदै जाँदा सत्तारूढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच झन् तनाव चुलिएको छ।

काँग्रेसले गिरिबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी करार गर्न खोजेको भन्दै एमालेले प्रतिवाद गरेको छ।

काँग्रेसले त्यो विषय प्रष्ट नपारी ऊसँगका संवाद, छलफल र समझदारीको कुनै अर्थ नहुने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘काँग्रेस संवाद, सहमति गर्न चाहिरहेको छैन। बरु ऊ द्वन्द्व, तनाव, मुठभेडको अवस्था चाहन्छ भन्ने कुराको औपचारिक अभिव्यक्ति महामन्त्री विश्वप्रकाश शर्माले दिइसकेका छन्,’ बर्तौलाले भने।

संसदीय समिति बनाउने सहमतिपछि पनि सदनको अवरोधलाई कायमै राख्ने र पार्टी अध्यक्षमाथि निराधार, तथ्यहीन आरोप लगाउनको निहित उद्देश्य के हो भनेर काँग्रेसले प्रष्ट पार्नुपर्ने बर्तौलाको भनाइ छ।

सत्तापक्ष जिम्मेवार भएर संवाद र सहमतितर्फ अग्रसर भइरहँदा काँग्रेसले सभामुखविरुद्ध महाभियोगको विषय अघि सारेको बर्तौलाले बताए।

‘यी सबै घटनाक्रमबाट काँग्रेसले सहमति चाहिरहेको छैन भन्ने प्रष्ट हुन्छ। त्यसकारण उसले आफ्नो उद्देश्य प्रष्ट पारोस्। उसले द्वन्द्व र मुठभेडको अवस्था नै निम्त्याउन खोजेको हो भने राजनीतिक प्रतिवादका लागि एमाले तयार छ। यी विषय प्रष्ट नपारी ऊसँगको संवादको कुनै अर्थ छैन,’ बर्तौलाले भने।

प्रतिक्रिया दिनुहोस