काठमाडौँ । फेवातालको सिमसार क्षेत्र पुर्न माग गर्दै उच्च अदालत पोखरामा परेको रिट निवेदन खारेज भएको छ।
अदालतका न्यायाधीशद्वय कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो।
लेकसाइडकी सरस्वती प्रहरीले आफ्नो नाममा भएको सिमसार क्षेत्रमा ढुङ्गा, गिटी, माटोले पुर्न पाउनुपर्ने माग गर्दै रिट दायर गरेकी थिइन्।
पोखरा महानगरलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदनमा सिमसार पुर्न प्रयोग गरेका गाडी महानगरले नियन्त्रणमा लिएको र आफ्नो जग्गा पुर्न नपाएको जिकिर गरेकी थिइन्।