काठमाडौँ । अर्थ सचिव मधुकुमार मरासिनीले धेरै दबाबकाबीच पनि तुलनात्मक रूपमा सानो आकारको बजेट ल्याइएको बताएका छन्।
बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ सचिव मरासिनीले वित्त आयोगले दिएको सीमाको आधारमा अझै ऋण उठाउन सकिने आधार भए पनि सोभन्दा कम लिन लागिएको पनि स्पष्ट पारेका हुन्।
अर्थ सचिव मरासिनीले अर्थतन्त्रमा उत्साह आएन शिथिलता आएन भन्ने भाष्य चिर्ने गरी बजेटमा कार्यक्रम ल्याइएको समेत दाबी गरे।
बजेटले आम जनताको आत्मविश्वास बढाउन सहयोग पुग्ने, निजी क्षेत्रलाई लगानीमा सहज हुने क्षेत्रका पूर्वाधारलाई प्राथमिकता दिइएको उनले बताएका छन्।







