काठमाडौँ । प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको हो ।
सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबीच एकै पटक भेटवार्ता र छलफल भएको हो । तीन नेताबीच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको हुनसक्ने बुझिएको छ ।