काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सचेतक रूपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो टुङ्ग्याउन सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सहमतीय प्रणालीबाट यथाशीघ्र बाँकी काम टुङ्ग्याउन माग गरिन्।
उनले भनिन्, ‘शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुङ्ग्याउनुपर्छ। संविधान बनेको लामो समय बितिसक्दा पनि यो काम टुङ्गिन नसकेको छैन। पटक-पटक सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक रोकिएको छ। यो सहमतिबाट छिटो टुङ्ग्याउनको लागि सरकारको ध्यानाकर्षण गराउँछु।’
शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अब टुङ्ग्याउन विलम्ब गर्न नहुने बताइन्।







