काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले लगाएको आरोपको जवाफ फर्काएका छन्।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा आफूले कसैसँग अनावश्यक ढङ्गको विवादमा पर्न नचाहेको बताए।
उनले बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर । म कसैसँग अनावश्यक ढङ्गको विवादमा पर्न चाहन्नँ। म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ। असभ्य राजनीतिमा होइन भन्ने पक्षमा छु।’
बालेनले गिरीबन्धु प्रकरणमा १० हजार अर्ब करोड घोटाला गर्न ओली संलग्न रहेको भन्दै फेसबुकमा लेखेका थिए।
उनले बजेटलाई राम्रो बनाउनुपर्छ भनेर आफूले कुरा राखेको भए पनि केही असन्तुष्ट रहेको प्रष्ट पारे। सत्ता समीकरणलाई भत्काउने प्रयास भइरहेपनि अहिले त्यो सम्भावना रहेको दाबी गरे।