६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाँजासम्बन्धी नियमावली एक महिनाभित्रै ल्याउने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका छन् । 

कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा शुक्रबार बोल्दै गृहमन्त्री लामिछानेले मन्त्रालयले यसबारे काम गरिरहेको जानकारी गराउँदै एक महिनाभित्र नियमावली आउने प्रतिबद्धता व्यक्त गरे । औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउने उनको भनाइ छ ।

गाँजाको औषधीय र औद्योगिक प्रयोजनका विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले भने, ‘यो बैठक एक दुई हप्ता पछाडि भएको भए सायद हामीले तयार गरेको प्रतिवेदन नै हातमा उपलब्ध हुने थियो ।’ सरकारले नीति तथा कार्यक्रममा समावेश गरेपछि गृह मन्त्रालयले गाँजाबारे अध्ययन गरिरहेको हो ।

‘अब हामीले गाँजाको औषधीय र औद्योगिक प्रयोजनका लागि खेती गर्ने विषयमा द्विदा राख्नुपर्ने छैन,’ उनले भने, ‘हामीले अनुसन्धान गर्नका लागि यसको औषधीजन्य प्रयोग र अन्य व्यावसायिक प्रयोगका लागि गृह मन्त्रालयले महिना दिनभित्रै नियमावली बनाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’ 

बैठकमा समितिका सभापति आरजु राणा देउवाले नियमावली बनाउन तीन महिनाको समय दिँदै भदौसम्म गाँजा नियमावली ल्याउन मन्त्रालयलाई निर्देशन दिइन् । ‘तीन महिनाभित्र भदौसम्म नियमावली बन्यो भने हामी खुसी हुनेछौँ,’ उनले भनिन् । बैठकमा सहभागी सांसदहरुले औषधीजन्य प्रयोग र व्यावसायिक प्रयोगका लागि गाँजा खेती खुला गर्न नियमावली बनाउन ढिला गर्न नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस