२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजीनामा पत्र बोकेर हिँडेका छौँ, समर्थनबारे समीक्षा गर्ने बेला भयो’

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अनावश्यक सम्झौता गर्न परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन तयार रहेको बताएका छन् । 

आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले राजीनामा पत्र   खल्तीमा बोकर हिँडेको भन्दै त्यस्तो अवस्था आए मिति मात्र लेखेर राजीनामा दिन तयार भएको बताए । 

उनले भने, ‘अहिले जुन खालको अवस्था छ, केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्‍यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ । त्यो तयार गरेर बोकेर नै हिँडेका छौं ।’ 

उनले सत्तामा पुरानो कर्मकाण्डी हिसाबले उपलब्धी नहुने गरी चलिरहेको भन्दै सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए । 

उनले भने, ‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा सबैले अनुभव गरिरहेका छौं । किनभन्दा हामीले सरकारको नेतृत्व गरिरहेका छौं र सत्ता पुरानो कर्मकाण्डी हिसाबले उपलब्धी नहुने गरी चलिरहेको हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौं । हामीले सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला पनि छ । साथै सत्ता साझेदार दलहरूले पनि यसलाई एकपटक समीक्षा पनि गर्ने र पुनरावलोकन पनि गर्ने कुराहरू पनि चल्न थालेको छ ।’

उनले खेलकुद क्षेत्रमा महत्त्वपूर्ण कामको रूपमा हिजो भर्खरै अर्थ मन्त्रालयबाट खेलाडीहरूको पुरस्कार रकम निकास भइसकेको भन्दै जानकारी पनि दिएका छन् । 

उनले भने, ‘खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दै लाने भन्ने कुरामा त्यसको क्यालेन्डर घोषणा भइसक्यो, अर्को महत्त्वपूर्ण कुरा भनेको खेलाडीहरूले आफ्नो पुरस्कार नपाएको भन्ने विषयले गर्दा खेलाडीहरूमा निराशा छाएको थियो, हिजो अर्थ मन्त्रालयबाट त्यो खेलाडीको पैसा निकास भइसकेको छ ।’