२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गराइसक्यो : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गराइसकेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा काँग्रेसका सांसद जीवन परियारले सोधेको प्रश्नको जवाफ दिँदै तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गराइसकेको बताए ।

उनले सरकार सहकारी क्षेत्रमा देखिएको समस्याबारे सरकार गम्भीर र जानकार पनि रहेको बताए ।

समस्या समाधान गर्न गत बर्ष राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा उच्चस्तरीय सुझाव कार्यदल गठन गरेर सुझावको आधारमा सहकारीको पीडितहरूसँग भएको सहमति कार्यान्वयन गर्न विभिन्न प्रयासहरू भइरहेको उल्लेख गरे ।

उनले भने, ‘हालसम्म २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाइएको छ । समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८० को दायित्व यकिन भएको छ । यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको छ ।’

कास्की, रूपन्देही, चितवन, काठमाडौं उपत्यका लगायत देशैभरका लाखौँ सहकारी बचतकर्ताको अरबौँ रकम सहकारीका सञ्चालक, व्यवस्थापक, सहकारीबाट कर्जा लिई समयमा साँवा तथा ब्याज नबुझाएका ऋणी, गैरकानूनी रूपमा सहकारीको रकम लगेका निजी कम्पनीलगायत सरोकारवाला अन्य व्यक्ति जसले उक्त रकमको हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको भन्दै ती व्यक्तिबाट ठगिएको रकम असुलउपर गरी बचतकर्ताले कहिलेसम्म रकम फिर्ता पाउँछन् ? भन्दै सांसद परियारले प्रश्न गरेका थिए ।

ठगी कार्यमा संलग्न संस्था, कम्पनी र व्यक्तिहरूलाई कानूनी कारबाही गर्न तपाईँको प्रतिबद्धता के हो ? भन्दै सोधेका थिए ।

त्यसको जवाफमा दिँदै प्रधानमन्त्रीले सहकारीको समस्या समाधान गर्न सरकार अझ गम्भीर भएर अगाडि बढेको बताए । समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी संघसंस्थाको समस्या समाधानको देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो संकलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताए ।