७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना प्रविधि क्षेत्रको १० वर्षे गुरुयोजना बनाइरहेको मन्त्री शर्माको दाबी

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन सूचना प्रविधि दशक अभियान सञ्चालन गर्ने बताएकी छन् ।

सरकारले कार्यदल गठन गरी सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन दश वर्षे गुरुयोजना निर्माणको गृहकार्यमा अघि बढेको समेत बताइन् ।

प्रेस सेन्टर कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको बताउँदै सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गरिन् ।

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सकेमा अर्बौँ राजश्व भित्र्याउन सकिने पनि उनको भनाइ छ । अहिले मिडिया काउन्सिल ऐन संसदमा रहेको बताउँदै मन्त्री शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको जानकारी दिएकी छन् ।

साथै दूरसञ्चार ऐनको मस्यौदा तयार भएको पनि उनले बताइन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा काम गरिरहेको दाबी मन्त्री शर्माले गरिन् ।

ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड जस्ता प्रकरणमा सरकारले काम गरेर संलग्न जोसुकै पनि सजायको भागीदार हुन्छ भन्ने स्थापित गरिदिएको उनको भनाइ छ ।

फरक प्रसंगमा बोल्दै मन्त्री शर्माले बाहिर चर्चा चलेजस्तो वर्तमान गठबन्धनमा कुनै समस्या र विकल्पको खोजी नभएको दाबी गरिन् ।

कतिपयले काँग्रेस-माओवादीकै पुरानो गठबन्धन ब्युँतिने आशंका गरिरहेका बेला शर्माले मुद्दा विशेषमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूमा मतभिन्नता देखिनुलाई अन्यथा लिन नहुने र अहिलेको सहकार्य लामो समय चल्ने बताएकी छन् ।

प्रधानमन्त्रीले सत्ता साझेदार दल नागरिक उन्मुक्ति र जनमत पार्टीलाई समेत सरकारमा सहभागी गराउने उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस