६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनजन्य विपद् व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार तथा राहतसहितका तयारी गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।  

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा गठित टोलीको सहसंयोजकमा सरसफाइ शाखा प्रमुख पुनमकुमार दाहाल तथा आर्थिक, आवास, पशुपक्षी, स्वास्थ्य र पूर्वाधार व्यवस्थापनमा क्रमशः सञ्जीवकुमार भट्टराई,  कृष्ण भट्टराई, शुभनारायण यादव, डा दिलीपकुमार यादव, इन्जिनियर अर्जुन थापा रहेका छन् ।

त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, उद्धार तथा सुरक्षा व्यवस्थापनमा राजन पौडेल, प्रशासन तथा सचिवालय व्यवस्थापनमा अनिता न्यौपाने, सरसफाइ व्यवस्थापनमा किरण न्यौपाने र सञ्चारमा मीनकुमार नवोदित रहनुभएको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए । 

बाढी र डुबानबाट प्रभावितको उद्धार,  बासस्थान तथा आश्रयस्थान व्यवस्थापन, खाद्य, औषधि उपचार, राहत वितरणलगायत व्यवस्थापनका लागि समितिले सम्पूर्ण तयारी गर्नेछ । “प्रतिकार्य टोलीलाई प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरी विपद्का लागि आवश्यक सामग्री खरिद वा भाडामा लिन सक्ने, कर्मचारी परिचालन, स्रोत परिचालन, विषयगत कार्यालय, संस्था समन्वय र बैठक, विद्यालय व्यवस्थापन, अस्थायी शौचालय, बालबालिका खेल सामग्री, शिविर सञ्चालनलगायतका अन्य विपद् व्यवस्थापन कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ”, निर्णयमा उल्लेख छ । 

विराटनगरका वडा नं ९ र १० बाहेकका अधिकांश वडा बाढी र डुबानबाट प्रभावित हुँदै आएका छन् । प्रमुख कोइरालाले खोला छेउछाउ बसोबास गर्ने महानगरवासीलाई सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस