२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डको अध्यक्ष छान्न महान्यायाधिवक्ता कार्यालयले दियो २ राय

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको (सेबोन) अध्यक्षका सबै उम्मेदवार अन्तर्वार्तामा उपस्थित नभएपछि बोर्डको अबको प्रक्रियाबारे महान्यायाधिवक्ताको कार्यालयले २ वटा राय दिएको छ ।

अध्यक्ष छनौट प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा छनौट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित राय मागेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले आवेदन परेका ५ जनामध्येबाट ३ जना छान्न राय दिएको छ । नयाँ प्रक्रियामा जान पनि छनौट समितिलाई अधिकार रहेको राय प्राप्त भएको स्रोतले जनाएको छ ।

सर्ट लिष्टमा परेका पाँचजनामध्ये तीनजना दुई पटकसम्म सूचना जारी गर्दा पनि अन्तर्वार्तामा अनुपस्थित भएपछि छनौट प्रक्रिया अन्योलमा परेको थियो ।

अध्यक्षका उम्मेदवारत्रय बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ लगातार दुई पटकसम्म अनुपस्थित भएका थिए ।

सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता भने पहिलो चरणमा नै भएको थियो । कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने भएकाले २ जना मात्र उपस्थित हुँदा समस्या भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले भने अन्तर्वार्तामा उपस्थित २ जनामध्येबाट भने छान्न नमिल्ने राय दिएको बताइएको छ । बोर्ड नेतृत्वविहीन हुँदा लामो समयदेखि शेयर निष्कासनदेखि अरू महत्त्वपूर्ण काम अलपत्र परेको छ ।