२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नागरिकहरुको बाहुल्यता भएका देशहरुमा अनलाइनबाट मतदानको व्यवस्था गरौं ’

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपाली नागरिकहरुको बाहुल्यता भएका देशहरुमा अनलाइनबाट मतदानको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन् ।

बुधबार काठमाडौंमा आयोजित एकीकृत मस्यौदा ऐनको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभामुख घिमिरेले विदेशमा रहेका नेपालीहरुको मतदानको सुनिश्चितताका लागि गर्न अनलाइन भोटिङको प्रबन्ध गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘एनआरएनएसँग राजनीति र प्रशासनिक सम्बन्ध कुनै छैन । तर, वैदेशीक रोजगारीमा गई रेमिट्यान्स पठाउने नागरिकका लागि अनलाइन भोटिङको व्यवस्था गर्न आवश्यकता छ । काम गर्नका लागि विदेश गएका नेपाली नागरिकहरुको बहुल्यता भएका ठाउँहरुमा अनलाइन भोटिङ स्टेसन निर्माण गर्नुपर्छ ।’

त्यस्तै, उपसभामुख रानाले नेपालमा पुरुषको तुलनामा महिलाको जनसंख्या धेरै भएपनि महिलाले आफ्नो अधिकारको लागि लडिरहनुपरेको बताइन् । महिला, जनजातिको बाहुल्यता भएको क्षेत्रमा महिलालाई नै अगाडि सारेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

‘नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या धेरै भएपनि आफ्नो अधिकारको लागि अझै लड्नुपर्ने आवश्यकता रहेको छ । महिला, जनजातिको बाहुल्यता भएको क्षेत्रमा महिलालाई नै अगाडि सार्न अगाडि बढौं । जुन क्षेत्रमा जसको बाहुल्यता छ उसलाई नै अगाडि सार्ने हो । मधेस भनेको छ । उनले भनिन्,‘यावद र साहले मात्र नेतृत्व गरेको छ । मधेसमा दलित र सिमांकृत नागरिक पनि त छन् नि । निर्वाचन आयोगले कलस्टरमा राख्दाखेरि त्यो कुरा पनि त राख्नुहुन्छ होला नि । नेतृत्व तहमा भौगोलिक समावेशितामा आवश्यक छ । एकीकृत कानूनमा सबैको समान प्रतिनिधित्व गरिनुपर्छ ।’