११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई बलिया छिमेकी देश प्रतिस्पर्धा गर्छन्, हामी बीचमा पस्न हुँदैन : ओली

अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने खोज्ने एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको बताएका छन्।

मदन भण्डारी फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय र गैर राष्ट्रिय शक्तिबीच प्रतिस्पर्धाको राजनीति चलिरहेको बताए।

उनले भने, ‘अहिले हामी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्‍याउने अवस्थामा पुगेका छौँ। हामी शक्ति सन्तुलनको स्थिति सधैँ यस्तै रहन सक्दैन। जबजले दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ। त्यसैले हामीले जबज भनेका हौँ।’

उनले हाम्रो दुईतिर भिन्न(भिन्न राजनीतिक, आर्थिक सामाजिक सांस्कृतिक फरक प्रणालीका बलिया देश रहेको उल्लेख गरे।

उनले भने, ‘ठूला र बलिया देशका प्रतिस्पर्धाका बीचमा हामी पस्नै हुँदैन। अरूको प्रतिस्पर्धाको बीचमा। बलियाले प्रतिस्पर्धा गर्छन्। ग्लोबल कम्पिटिसनको म्याराथनमा हामी छैनौँ। हामी इकोनोमिक डेभलप्मेन्टको म्याराथनमा पनि छैनौँ। तर हामीलाई निर्विवाद शान्ति चाहिन्छ। कसैको प्रतिस्पर्धाले हामीलाई घच्चपच्च हुनुभएन। अरूको टकराबको झिल्काले हाम्रो घर डढ्नुभएन नि। हाम्रो छानामा ती झिल्का आउनुभएन। यहाँनेर हामी भूराजनीतिलाई हेर्छौँ। भूराजनीति हाम्रो देशको राष्ट्रिय स्वार्थ कमजोर बनाउन होइन, आन्तरिक रूपमा हामी बेतुकको बहसमा अल्झिन चाहँदैनौँ।’

प्रतिक्रिया दिनुहोस