९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषकलाई १४ हजार पाँच सयभन्दा बढी फलफूलका बिरुवा अनुदान सहयोग

अ+ अ-

गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई १४ हजार पाँच सय ५० फलफूलका बिरुवा वितरण गरेको छ ।

महानगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। उनका अनुसार तीन सय ७८ कृषक तथा कृषक समूहलाई बिरुवा वितरण गरिएका हुन् ।

महानगरपालिकाले एक÷एक हजार सङ्ख्यामा आँप, लिची, एबोकाडोका बिरुवा वितरण गरेको छ । यस्तै कागतीका एक हजार पाँच सय बिजु र चार हजार कलमी बिरुवा तथा सुन्तलाका एक हजार पाँच सय बिजु र तीन हजार कलमी बिरुवा वितरण गरिएको छ । यस्तै, एक हजार ५० अम्बा र पाँच सय मेकाडामिया नटका बिरुवा वितरण गरिएको कडरियाले जानकारी दिए । 

कृषकलाई ५० प्रतिशत अनुदानमा प्रति बिरुवा आँप रु. ५०, लिची रु ४०, अम्बा रु. २५, कागती बिजु रु. ३०, कलमी रु. ६०, सुन्तला बिजु रु. ३०, कलमी रु. ६०, मेकाडामिया नट रु. ५०, एबोकाडो रु. ५० मा उपलब्ध गराइएको उनले बताए । 

वितरण गरिएका फलफूलका बिरुवाको तीन गुणा बढी माग भए पनि सीमित साधनस्रोतका कारण माग बमोजिम उपलब्ध गराउन नसकिएको महानगरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस