काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईँ नियुक्त भएका छन् । उनी नेपाल सरकारका पूर्वसचिव हुन् ।
आइतबार बसेको सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंको नाम सिफारिस गरेको थियो ।
लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरेको आयोगका सूचना अधिकारी केदारनाथ रिजालले बताए ।







