१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान समयानकुलको पर्यटन नीति बनाउने पर्यटनमन्त्री पाण्डेको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् ।

सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए ।

उनले भने, ‘ पर्यटन क्षेत्रमा युवाहरूको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने बनाउने गरी सृजनशील र रचनात्मक रूपमा काम गर्नेछ । पर्यटन नीति सुधार गर्नेगरी कार्यदल गठन गर्नेगरी परिमार्जन गर्नेछौँ ।’

उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत सर्त तोकिएको बताए । उनले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए ।

‘निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कुनै पनि कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्न चाहन्छु ।’ उनले भने ।

उनले जनताले भ्रष्टाचारको न्यूनीकरण गरी सुशासनको प्रत्याभूति खोजिरहेको बताए । उनले युवाहरू देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दै सबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने बताए ।

उनले भने, ‘जनताले भ्रष्टाचारको न्यूनीकरण खोजिरहेका छन् । सुशासनको प्रत्याभूति खोजिरहेका छन् । युवाहरू देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन् । सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ ।’

उनले ठूलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुकभित्र आउने बताए । ‘ठूलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुकभित्र आउन सक्छन् । हाम्रा इन्जिनहरूलाई ठिक ठाक बनाएर सर्भिसिङ गर्नुपर्छ ,’ उनले भने ।

उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौँ पर्यटकहरू भित्र्याउने अवसर रहेको भन्दै आगामी दिनमा सोहीअनुसार काम गर्ने बताए ।’नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौँ पर्यटकहरू भित्र्याउनुपर्ने छ ।’ उनले भने ।

उनले पर्यटन क्षेत्रमा युवाहरूको आशा सञ्चार गर्नेगरी सृजनशील र रचनात्मक रूपमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस