काठमाडौँ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा एकै वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रकम वृद्धि भएको छ ।
सेनाले बिहीबार(आज) पत्रकार सम्मेलन गर्दै २०८१ असार मसान्त सम्ममा कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख पुगेको जनाएको हो ।
२०८० असार मसान्त सम्ममा कोषमा ७१ अर्ब ५ करोड ६१ लाख मौज्दात थियो । कोषले गरेको लगानीसमेत जोड्दा कोषको कुल सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख पुगेको नेपाली सेनाले जनाएको छ ।
कल्याणकारी कोषको ४ करोड ७७ लाख ७४ हजार बेरुजु देखिएको छ । बेरुजु फर्छ्योटको प्रक्रियामा रहेको सेनाको भनाई छ ।