काठमाडौँ । वुमन एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालका ओपनर सम्झना खड्काको शानदार ब्याटिङमा नेपालले युएईविरुद्ध ६ विकेटले जित निकालेको हो । खड्का ४५ बलमा ११ चौकाको मद्दतमा ७२ रन जोड्दै नकआउट रहिन् ।
युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा भेटाएको थियो ।