२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस-एमालेको सहकार्य राजनीतिलाई सङ्ल्याउन सहयोगी बन्ने मुख्यमन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रूपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताएका छन् ।

आज पुष्पलाल स्मारक समिति विराटनगरले आयोजना गरेको पुष्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र संघर्षको कारण राजनीतिक परिवर्तन भएको बताए ।

नेकपा एमाले नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको र एमालेले नै कम्युनिष्टहरूलाई एकता गरेर लाने कार्कीको जिकिर छ । वामपन्थी पार्टी र प्रजातान्त्रिक पार्टी मिलेर निरङ्कुशता ढाल्नु पर्छ भन्ने विचार पुष्पलालको भएको र सोही जगमा २०३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको चर्चा गर्दै उनले यसैको बलमा २०४६ सालमा आन्दोलन सफल भएको बताए ।

मुख्यमन्त्री कार्कीले अहिले काँग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज भएको बताउँदै परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नु आजको आवश्यकता भएको प्रस्ट्याए । यो सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्लो बनाउन सहयोग गर्ने उनको विश्वास थियो ।

कार्यक्रममा १०१ वर्षीय वामपन्थी कार्यकर्ता नरबहादुर लिम्बुलाई १० हजार नगदसहित सम्मान गरिएको थियो । यसैगरी पुष्पलाल स्मारक समितिले आयोजना गरेको खुला कविता प्रतियोगिताका विजेताहरूलाई समेत पुरस्कृत गरेको छ ।

प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्वितीय हुने नुवाकोटका सुजन डोटेल तृतीय हुने विराटनगरकी रीता पाठक तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरू सुनसरीका युवराज दाहाल र विराटनगरकी लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार वितरण गरिएको हो ।