२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानी शरणार्थी र गिरीबन्धु भनेर हामीसँगै बसेर कराउने दिन नआओस् : ज्ञानेन्द्र शाही

अ+ अ-

काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा हुनेहरूलाई धमाधम भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तापक्षमा हुँदा केही नगर्ने प्रतिपक्षमा आएपछि भ्रष्टाचारको फाइल खोल्ने कुरा नगर्न आग्रह गरे ।

उनले काँग्रेस एमालेलाई लक्षित गर्दै भने, ‘अहिले तपाईँहरू सरकारमा हुनुहुन्छ, भोलि तपाईँहरूको दिन नआओस्, फेरि भुटानी शरणार्थी, गिरीबन्धु, टेरामक्स, ओम्नी, एनसेल, मेलम्चीलगायतका काण्ड भनेर हाम्रो सँगसँगै बसेर कराउने दिन नआओस् । काम गर्नुस् ।’

उनले सदनमा तिम्रा फाइल बन्द गरेर हाम्रा किन खोल्छौँ भनेर सदनमा जुहारी चलेको उनको भनाइ छ । सत्तापक्ष र प्रतिपक्ष जो भए पनि भ्रष्टाचारमा संलग्न हुनेहरूलाई कारबाही गर्न माग गरे ।

यस्तै, उनले कैलालीको धनगढी उपमहानगरपालिका ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिएर चर्च बनाइएको बताए।

उनले भने, ‘वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो। र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्। धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन।’

झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन नपाइने उनको भनाइ छ। धर्म प्रचार गर्न दुई कोरियन नागरिक हिँडिरहेको उल्लेख गर्दै कारबाही गर्न माग गरे।