१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस कारण भयो विमान दुर्घटना…

अ+ अ-

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार विज्ञप्ति जारी गरी जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको जनाएको हो ।

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको थियो । विमानमा सवार १९ जना मध्ये १८ जनाको निधन भएको छ । विमानका क्याप्टेन मनिषरत्न शाक्य भने घाइते भएका छन । उनको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।

यस्तै दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा आफ्नै कर्मचारी रहेको पाइएको छ । स्रोतका अनुसार सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरूको टोली जहाजमा सवार रहेका थिए ।

दुर्घटनाग्रस्त सौर्य एयरको विमानबारे जानकारी लिन गृह मन्त्री रमेश लेखक विमानस्थल पुगेका थिए । विमान दुर्घटना भएको खबरसँगै गृहमन्त्री लेखक विमानस्थल पुगेका हुन् । विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थल पुगेको उनको सचिवालयले जनाएको छ। विमान दुर्घटना भएपछि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस