२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसद्ले सहकारी संस्थाहरूको नियमन गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीहरुको जोड

अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्रीहरुले संघीय संसद्ले नै सहकारी संस्थाहरूको नियमन गर्नुपर्नेमा जोड दिएका छन् ।

हाल सहकारी संस्थामा देखिएका समस्यामा राजनीतिक दलहरू स्वयं हाबी भएको निष्कर्ष निकाल्दै उनीहरूले त्यसका लागि निगरानी राख्ने काममा संघीय संसद् आफैँ अग्रसर हुनुपर्ने बताएका हुन् । 

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले शुक्रबार बोलाएको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीहरु महेश आचार्य, सुरेन्द्र पाण्डे, डा. प्रकाशचन्द्र लोहनीले संसद्लाई जबाफदेही बनाएर मात्रै सहकारी संस्थाहरूमा हाल देखिएको वित्तीय अपचलनको समस्या समाधान गर्न सकिने धारणा राखेका हुन् । 

पूर्वअर्थमन्त्रीहरुले राजनीतिक दलहरू हाबी हुँदा सहकारीमा वित्तीय अपचलन लगायतका समस्या देखिएको र त्यसको समाधानका लागि संंघीय संसद् आफैले कडा निगरानी राख्नुपर्ने सुझाव बैठकमा दिएको समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । उनले सहकारीलाई वित्तीय क्षेत्रसँग भन्दा पनि उत्पादनसँग जोडेर अघि बढाउन उपयुक्त हुने राय पनि बैठकमा दिएको उल्लेख गरे । सहकारीलाई उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने कुरा पनि बैठकमा पूर्वअर्थमन्त्रीहरुले राखेका थिए । 

यसैबिच, समितिले सहकारी सम्बन्धी कुनै समस्या भए जानकारी गराउन सर्वसाधारणलाई पनि अपिल गरेको छ । सभापति थापाले आफूले कुनै सहकारीमा वित्तीय अपचलन भए त्यसको जानकारी गराउन सबैलाई अनुरोध गरिएको बताए ।