काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले गृह मन्त्रीको कार्यशैलीले गर्दा प्रहरी प्रशासनलाई विवादमा ल्याउने काम भइरहेको टिप्पणी गरेका छन् ।
राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री रमेश लेखकसामु उनले संसदमा प्रहरी सरुवाको विषयमा कुरा उठाएर दलहरू अफिसर विशेषको पक्ष र विपक्षमा बाँडिएको जस्तो देखिएको बताए ।
उनले भने, ‘इमान्दार प्रहरी कुनै दलका त होइनन् नि ! प्रहरी प्रशासनको सरकार भनेको जनताको, प्रशासनहरूमा राजनीतिज्ञहरू आउँछन् जान्छन्, त्यसैले उनीहरूले इमानदारितापूर्वक काम गर्ने वातावरण पाउनुपर्यो नि। प्रहरीभित्र देखिएको विवादमा गृह मन्त्री जिम्मेवार देखिनुहुन्छ ।’
उनले गृह मन्त्रीको कुर्सीमा बस्नेको कार्यशैलीले गर्दा प्रहरी प्रशासनलाई विवादमा ल्याउने काम भइरहेको बताए ।







