११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा क्रिकेट रंगशालाबारे छलफल

अ+ अ-

काठमाडौँ । पद बहालीदेखि नै क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज एउटा बैठक राखेका छन् । बैठकमा उनले क्यानका पदाधिकारीदेखि खेलाडी मात्र नभएर केही कलाकारहरू पनि सहभागी थिए ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै यो भेटघाटबाट आफू उत्साहित भएको बताएका छन् । यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउने काममा सहयोग मिल्ने उनको भनाइ छ ।

क्यान सचिव पारस खड्का बैठकमा उपस्थिति थिए भने काठमाडौँमा उपलब्ध राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी कलाकारहरूलाई निम्त्याइएको थियो ।

स्रोतका अनुसार सामाजिक सञ्जालमार्फत क्रिकेटको प्रचार र नेपाली खेलाडीलाई प्रोत्साहन गर्दै आएका कलाकारहरू प्रधानमन्त्रीको छनोटमा परेका हुन् ।

गायक प्रकाश सपुत, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगर, गायिका रचना रिमाल, हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेल, पनि बैठकमा सहभागी थिए ।

बैठकमा क्रिकेट रंगशाला निर्माणमा प्रधानमन्त्रीले दिएको तदारुकतालाई लिएर क्यान सचिव पारस खड्का र खेलाडीहरूले आभार प्रकट गरे । रंगशाला मात्र नभएर समग्र क्रिकेटको विषयमा अनौपचारिक कुराकानी भएको थियो । केही कलाकारहरूले खेलाडीहरूको सेवा सुविधा अझै कम भएको भन्दै वृद्धि गर्न सुझाव दिएका थिए ।

क्यान सचिव खड्काले भने रंगशाला निर्माणपछि क्यान आफैँ आर्थिकरुपमा सक्षम हुने भएकाले खेलाडीको सेवा–सुविधामा सरकारको मुख ताकिरहनु नपर्ने बताए ।

प्रधानमन्त्री ओलीले हिजो मात्रै क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँग भेटघाट गरेका थिए । उक्त भेटघाट पनि रंगशालाकै विषयमा केन्द्रित थियो । त्यसो त प्रधानमन्त्री बनेर पदबहाल गरेपछि ओलीको पहिलो निर्णय नै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने थियो ।

प्रधानमन्त्री ओलीले चितवनमा निर्माण सुरु भएर लामो समयदेखि अलपत्र परिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाप्रति भने कुनै चासो दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस