६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४३ हजार बढीलाई निःशुल्क कानूनी सहायता र ६१ प्रतिशत विवाद निरूपण गर्न सफल भयौँ : सुनिता डंगोल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले ४३ हजार बढीलाई निःशुल्क कानुनी सहायता दिएको बताएकी छन् ।

काठमाडौँ महानगरपालिकाको कानून तथा मानव अधिकार विभागले आयोजना गरेको ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका सम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको आज उद्घाटन गर्दै डंगोलले यस्तो बताएकी हुन् ।

‘हिजोसम्मको तथ्यांक हेर्दा ४३ हजार भन्दा बढी महानगरवासीले निःशुल्क कानूनी सेवा लिइसक्नु भएको छ,’ उनले भनिन, ‘तथ्यांक अनुसार प्रत्येक महिना कम्तीमा ३ हजारदेखि ३५ सयसम्मले निःशुल्क कानुनी सहायता लिइरहनु भएको छ ।’

डंगोलले आफू निर्वाचित भएपछि ३२ वटै वडामा वडा महिला सञ्जाल गठन गर्ने र मेलमिलाप केन्द्र सञ्चालन गर्ने पहिलो निर्णयमागरेकी थिइन । उनी उपमेय निर्वाचित भएपछि वडा महिला सञ्चालन कार्यविधि, २०७९ र मेलमिलापक केन्द्र सञ्चालन निर्देशिका, २०७९ सञ्चालनमा आएको छ ।

उनले काठमाडौँ महानगरपालिकाले भनाइमा मात्रै होइन व्यवहारमै न्यायको पहुँचलाई प्रयोगमा ल्याएको दाबी गरेकी छन् ।

‘महानगरपालिकाले नेपाल ल क्याम्पससँग सम्झौता गरेर त्यहाँका विद्यार्थीलाई ३२ वटै वडामा निःशुल्क कानूनी सेवा दिन सहजकर्ताका रूपमा राखेका छौँ,’ उनले भनिन, ‘निःशुल्क कानुनी सहायताका कारण लेख्न, पढ्न नसक्ने वडावासीलाई मात्रै होइन कानुनी प्रक्रियाबारे जानकारी नभएकाहरूलाई पनि निकै सहज भएको छ ।’

अहिले करिब ६१ प्रतिशत बढी मुद्धाको विवाद निरूपण गरिसकेको उनको भनाइ छ।

उनले विवादलाई विवाद होइन मेलमिलापको माध्ययमबाट दुवै पक्षको जित र अझ भन्ने हो भने सबै पक्षको हित हुने गरी महानगरपालिकाले काम गरिरहेको पनि उल्लेख गरिन। ‘यो वर्ष हामीले ६० प्रतिशत ल्याएका छौँ,’ उनले भनिन्, ‘अर्को वर्ष हामी ९० प्रतिशत कटाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस