९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दिनदेखि बागमतीका सवारी कार्यालयको सेवा ठप्प

अ+ अ-

काठमाडौँ । तीन दिनदेखि बागमती प्रदेशका सवारी कार्यालयहरूको सेवा ठप्प भएको छ ।

गत बुधबार र बिहीबार सर्भर डाउन भएको भन्दै केही सेवा प्रभावित भएको थियो । शुक्रबार, आइतबार र सोमबार भने सेवा ठप्प नै भएको छ ।

अधिकारीहरूका अनुसार बागमती प्रदेशको भेहिकल रजिस्ट्रेसन सिस्टम (बीपी-भीआरएस) प्रणाली ठप्प छ । सोमबार दिउँसो ३ बजेपछि प्रणाली सञ्चालनमा आए पनि अझै पूर्ण रूपमा सर्भर चुस्त रूपमा नचलेको कर्मचारीहरूले बताएका छन् । 

स्रोतका अनुसार रािष्ट्रय सूचना प्रविधि केन्द्रमा रहेको बीपी-भीआरएसको प्रणालीमा समस्या देखिएपछि अनलाइन प्रणाली अवरुद्ध भएको हो । यसले गर्दा अनलाइन प्रणाली प्रयोग गरेर हुने सबै सेवा बन्द भएको हो ।

बागमती प्रदेशभित्रका साना ठूला सवारी कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था कार्यालय मोटरसाइकल-गुर्जुधारा काठमाडौँ, यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी भक्तपुर र सानोभर्‍याङ काठमाडौँबाट सेवा लिनेहरू मर्कामा परेका छन् ।

यस्तै यातायात व्यवस्था सेवा कार्यालय काभ्रे, खुर्कोट सिन्धुली र हेटौँडा मकवानपुरबाट दिइने सवारीसम्बद्ध सेवा पनि ठप्प भएको हो । कार्यालयहरू खुले पनि सेवा बन्द भएको सूचना टाँसेर सेवाग्राहीलाई गेटबाटै फर्काइएको छ ।

यसले गर्दा सबैभन्दा धेरै सवारीको कर तिर्न गएका सेवाग्राही मर्कामा परेका छन् । यस्तै सवारी दर्ता, नामसारी, रुट इजाजत, पटके इजाजतजस्ता सेवा समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस