काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा (नेकपा माओवादी केन्द्र)को संसदीय दल प्रमुख सचेतक गीतादेवी माल बनेकी छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकले माललाई प्रमुख सचेतकमा चयन गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।
यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलको नेता बनेपछि माओवादीको प्रमुख सचेतक पद खाली थियो । माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।