७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजस्व सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ स्वीकृत

अ+ अ-

सुदूरपश्चिम । प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ स्वीकृत भएको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभा नियमावलीबमोजिम उक्त अध्यादेश पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

प्रदेशसभाबाट बजेट पारित हुन नसक्दा आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व सङ्कलन कार्य अध्यादेश जारी भएसँगै सञ्चालन भइसकेको छ ।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई स्वीकृत गरेको छ ।

विधायन तथा प्रदेश मामिला समितिका सभापतिका दिवानसिंह विष्टले समितिमा दफावार छलफल भई तयार भएको ‘प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन प्रस्तुत गरे ।

मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन ३० गते अपराह्न बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम नियुक्त मुख्यमन्त्री शाहले सोही धाराको उपधारा(४)बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस