२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्रालयले रोक्यो तीन कलेजमा विद्यार्थी भर्ना (सूचीसहित)

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको छ । 

शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित तीन कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको हो । काठमाडौँको ग्लोबल इन्टरनेसनल, ललितपुरको नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टियम अफ कलेज र जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङमा विद्यार्थी भर्ना गर्न नमिल्ने निर्णय बैठकले गरेको हो ।

मन्त्रालयका अनुसार ग्लोबलले सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको, कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र नेपाल एजुकेसन फाउन्डेसन स्थानान्तरण प्रक्रियामा रहेकाले विद्यार्थी भर्ना गर्न नमिल्ने भएको हो । यी कलेजमा सिभिल इन्जिनियरिङ, बीबीए, एमबीए, सूचना प्रविधिलगायत विषय पठनपाठन हुँदै आएको थियो ।

शिक्षा मन्त्रालयले विद्यार्थी भर्ना हुन मिल्ने विदेशी सम्बन्धनका ५६ कलेजको सूचीसमेत सार्वजनिक गरेको छ । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखापरीक्षण र कर चुक्ता गरेका, नियमअनुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेका कलेजको सूची सार्वजनिक गरिएको हो ।