८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ वर्षीय युवकविरुद्ध विभागले दायर गर्‍यो २६ लाखको मुद्दा

अ+ अ-

काठमाडौँ । अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका रसुवाका २१ वर्ष युवा नुर्पु तामाङविरुद्ध २६ लाख ८३ हजारको राजश्व चुहावटको मुद्दा दायर भएको छ। 

राजश्व अनुसन्धान विभागले जिल्ला अदालत रसुवामा शुक्रबार तामाङविरुद्ध २६ लाख ८३ हजार २ सय रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना अनि कैद सजाय माग गर्दै मुद्दा दायर गरेको तहसिलदार एवं सूचना अधिकारी सुभद्रा जी.सी.ले जानकारी दिइन् ।

विभागले अवैध अमेरिकी डलरसमेत ओसारपसार कार्य गर्न लागेको अवस्थामा २१ वर्षमा तामाङलाई चीनको सीमा क्षेत्र रसुवागढी नाकाबाट पक्राउ गरेको थियो । 

सूचना अधिकारी जी.सी.का अनुसार जिल्ला अदालतले तामाङसँग ८ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि थुनामै छन् । 

उनी चीनतर्फ पैदल यात्रामार्फत जाँदै थिए । उनीमाथि शंका लागेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालय टिमुरेका कर्मचारीले सोधपुछका लागि नियन्त्रणमा लिएका थिए । संयुक्त टोलीले चेकजाँच गर्ने उनको साथबाट अमेरिकी डलर बिस हजार बरामद भएको थियो । 

बयानका क्रममा उनले अरू कसैको नाम नखुलाएपछि उनीविरुद्ध मात्र राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ (१), दफा ४ (१) तथा दफा ५ तथा दफा १२ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट जारी सूचना विपरीतको कसुर हुँदा सोही कसुर गरेको दाबी अभियोग पत्रमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस