२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिटरब्याज पीडितहरूका समस्या चाँडो समाधान गरौँ : ठाकुर गैरे

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् । 

आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरूको कुरा प्रतिनिधि सभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरे ।

उनले  भने, ‘प्रतिनिधि सभामा मिटर ब्याज पीडितहरूका समस्याहरूको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, अन्तर्क्रिया, त्यसका लागि थुप्रै समितिहरू निर्माण देखि लिएर एउटा प्रक्रियामा गयौँ, तर  पनि समस्या विभिन्न रूपले यथावत् छ ।’

साथै उनले मिटर ब्याजपीडितहरूको समस्या चाँडो समाधान गर्नुपर्ने बताए । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यकता रहेको  उनको भनाई छ । 

यस्तै उनले बैंकीङ कसुरमा कारबाहीमा परेका व्यक्तिहरूले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राखे । 

उनले  भने, ‘चेक अनादर हुँदा अर्थात्  बैंकीङ कसुर सम्बन्धी घटना भइसके पछि त्यो अवस्थामा एउटा व्यक्तिको  चेक अनादर  भयो अर्थात् बैंकीङ कसुर प्रक्रियामा गयो अर्थात् पुष्टि भयो भने  त्यसपछि पनि ती व्यक्तिहरूले अर्को बैंकबाट र अरू ठाउँबाट ऋण लिन पाइराख्ने त्यसको चाहिँ कारोबार गर्न पाइराख्ने अहिलेको विद्यमान जुनस्थिति छ त्यसमा हामीले टाइट गर्नुपर्‍यो ।’