२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सांसद सुशीला थिङले सिन्धुलीको मरिन गाउँपालिका-७ बाह्रबिसेमा चट्याङका कारण गोठालो जाँदा चन्द्रबहादुर माझीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भनिन्, “पहिलेको तुलनामा बढी चट्याङ पर्नाका कारण जलवायु परिवर्तन रहेछ, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा पछिल्लो १० वर्षमा २० हजार तीन सय ८० चट्याङ पर्दा आठ सय ६६ जनाले ज्यान गुमाउनु परेको रहेछ, दुई हजार पाँच सय ७५ जना घाइते भएको रहेछ ।”

उनले पछिल्लो १० वर्षभित्रमा चट्याङका कारण तीन हजार दुई सय ४५ पशु चौपायाको क्षति भएको र तीन हजार ७५ घर परिवार प्रभावित भएको तथ्यसमेत प्रस्तुत गरिन् । नेपाल प्रहरीको तथ्यांक अनुसार बर्सेनी औसतमा ७७ जनाले चट्याङको कारण ज्यान गुमाएको सांसद थिङको भनाइ छ । “यो तथ्य हेर्दा कहाली लाग्दो भएका कारण सरकारले तत्काल चट्याङको जोखिम क्षेत्र अध्ययन गरी चट्याङको जोखिम न्यूनीकरण गर्न, न्यूनीकरणको उपाय तथा पूर्व तयारी तत्काल गरियोस् भनी म नेपाल सरकारसँग जोडदार माग गर्दछु”, उनले भनिन् ।

उनले पछिल्लो समयमा भएको अविरल वर्षाका कारण मदन भण्डारी राजमार्गको सिन्धुली जिल्ला कमलामाई नगरपालिका-१ अन्तर्गत २० मिटर सडक दुई फिट भासिँदा सडकमुनि रहेका पाँच घर जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले तत्काल उक्त सडक मर्मत गर्न सडक विभागको ध्यानाकर्षण गराउँदै उक्त जोखिममा रहेका घरपरिवारलाई उचित राहत र क्षतिपूर्ति