काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा पद बहाली गरेका छन् ।
यसअघि सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गरेका थिए।
विसं २०२३ माघ १९ गते रुपन्देहीमा जन्मिएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए ।







