काठमाडौँ । काठमाण्डौको कोटेश्वरमा ट्याक्सीसहित चालकले प्रदर्शन गरेका छन् । राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका गाडीले यात्रु बोक्न नपाउने लगायतका माग राखेर ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् ।
जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरूले ट्याक्सीसहित प्रदर्शन गर्दा दिउँसो कहिबेर त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । अहिले ट्याक्सी हटाएर सडक खुलाएको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र युट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरूबाट पनि सुन्न सकिन्छ ।