काठमाडौँ । लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोग कार्यालयले एक सूचना जारी गरी सामाजिक सुरक्षा कोषको विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
सामाजिक सुरक्षा कोषको विभिन्न वि.नं. ०८०९८१ (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह/उपसमूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । साथै आयोगले अन्तर्वार्ता तथा अन्य जानकारीका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् नतिजा