काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्।
पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी पत्र दिने कार्यक्रममा बोल्दै आफू यो संविधान भएको व्यवस्थाको विरोधी भएको बताए।
उनले भने, भोलि संविधान दिवस छ, संविधान विरोधी पार्टीका नेताहरूलाई सरकारले नोटिसमा राखेको छ रे। त्यसमा राजेन्द्र लिङ्देन पनि छ म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी हो राजेन्द्र लिङ्देन। त्यसको विरोध गर्छ। विपक्षमा छ। सके पक्रेर देखाओस्। हामीले कुनै अराजकतामा भविष्य खोजेका छैनौँ। त्यसैले हामीले संयमितता अपनाइरहेका छौँ।
सरकारले भोलि संविधान दिवको कार्यक्रमलाई लक्षित गर्दै राजेन्द्र महतोदेखि राजेन्द्र लिङ्देनसम्म नोटिसमामा राखेको छ।







