काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव फेरिएका हुन् ।
एक मन्त्रीका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खराललाई वन तथा वातावरण मन्त्रालय र त्यहाँका सचिव डा. गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको हो ।
कृषि मन्त्री डा. खरालको सम्बन्धमा पछिल्लो समय धेरै गुनासाहरू आएका थिए । कृषि नै नबुझेका सचिव खरालले अन्टसन्ट वक्तव्य दिँदै हिँड्नेदेखि कर्मचारी सरुवामा ‘सेटिङ’ मिलाएको बताइँदै आइएको छ ।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल(ऊर्जा)लाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र त्यहाँका सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय(ऊर्जा) मा लगिएको छ ।







