९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमला घिमिरेले भनिन्-संविधान संशोधनका विषयमा पक्ष र विपक्षमा बहस गर्ने बेला भएको छैन 

अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधान संशोधनको विषयमा अहिले नै पक्षमा र विपक्षमा बहसमा उत्रने बेला नभएको धारणा राखेकी छन् । संविधान दिवसको अवसरमा महिला नेतृत्व विकास राष्ट्रिय प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको “संविधान प्रदत्त महिला अधिकार कार्यान्वयनको अवस्था”विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले संविधानमा संशोधनको आवश्यकता भए पनि त्यसका विषयमा अहिले नै बहस आवश्यक नभएको धारणा राखेकी हुन् ।

‘संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरूलाई सुधार गरेर अझै परिष्कृत र संवृद्ध बनाउन आवश्यक छ, तर संशोधनको प्रक्रिया थालनी नभएको अवस्थामा अहिले नै पक्ष र विपक्षमा बहस गर्ने बेला भएको छैन’ उनले भनिन्, ‘संशोधनको समय आउँदा नै बहस गरौँला, अहिले यसको कार्यान्वयनमा नै जोड दिनुपर्छ।’

संविधान संशोधनलाई राजनैतिक खिचातानीको विषय नबनाउन आग्रह गर्दै उपाध्यक्ष घिमिरेले संविधानमा रहेका खास खास समस्याको पहिचान गरेर समाधानका लागि  सहमति खोज्न आवश्यक रहेको बताइन् । अहिले पनि संविधान कार्यान्वयनका क्रममा रहेको र अहिलेको व्यवस्था प्रति प्रतिबद्ध रहेको जनाउँदै उनले कार्यान्वयनका क्रममा देखिएका समस्या पहिचान गरेर सबैको सहमतिमा मात्रै संशोधन हुन सक्ने कुरा दोहोर्‍याइन् । 

संविधानले महिलालाई दिएका अधिकारहरूलाई बाध्यकारी बनाउन नसक्दा कानुनी छिद्रको प्रयोग गरी दुरुपयोग भएकोमा उनले चिन्ता व्यक्त गरिन् ।  ‘कतिपय कानुन निर्माण नभएर महिलाका अधिकार प्रयोगमा आउन सकेका छैन भने  कतिपय कानुनमा भएका पनि कार्यान्वयन हुन नसकेका कारण अधिकार पाउन नसकेको अवस्था छ,’ उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस