२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक’

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालले नीति, कार्यक्रम र पहलहरूमार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण कदमहरू उठाएको जिकिर गरे।

उनले सरकारले उठाएका कदमलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकूलतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच विस्तार गरिरहेको बताए।

उनले वित्तीय संस्थाहरूमा नविकरणीय ऊर्जा, वातावरणमैत्री पूर्वाधार र जलवायुअनुकूल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी रहेको बताए। अर्थमन्त्री पौडेलले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक श्रोतहरू रहेको भन्दै जलविद्युतको सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको बताए।

उनले नविकरणीय ऊर्जामा गरिने लगानीले घरेलु ऊर्जाको आवश्यकता पूरा गर्न मात्र नभई छिमेकी मुलुकलाई स्वच्छ ऊर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्न सक्ने बताए।

उनले भने, ‘नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको छ भन्ने सच्चाईलाई ग्हिरोसँग महशुस गर्नुपर्छ। म हाम्राअघि रहेका चुनौतिहरुप्रति पनि पूर्ण रूपमा सचेत छु। समाधान सम्भव छ भन्नेमा पनि आशावादी छु। नेपालले नीति, कार्यक्रम र पहलहरूमार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण कदमहरू उठाएको छ।’

उपप्रधानमन्त्री पौडेलले आर्थिक प्रगति र पर्यावरणीय संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउन आवश्यक रहेको बताए। नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अघि बढिरहेको बताए। विकास मोडलले वातावरणीय अनुकूलता, दिगोपन र समानतालाई प्राथमिकता दिनुपर्ने बताए।