७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदी

अ+ अ-

कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।

महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमता भन्दा बढी ५३४ कैदीबन्दी राखिएको छ । अहिले कारागारमा १४ महिला र ५२० पुरुषलाई राखिएको कारागार कार्यालयका प्रमुख मायाकुमारी बस्नेत थापाले जानकारी दिइन् । कैदीबन्दीका लागि बस्नका लागि ठाउँ नहुँदा ‘ग्यालरी’ लगायतका खाली ठाउँमा बस्नुपर्ने बाध्यता रहेको छ । कारागारमा सबैभन्दा बढी लागुऔषध मुद्दाका कैदी अधिक छन् ।

“पछिल्लो समय लागुऔषध मुद्दाका कैदी धेरै आउने गरेका छन्”, कारागार प्रमुख थापाले भनिन् “अहिले आठ जना महिला गरी २०६ जना लागुऔषध मुद्दाका कैदी कारागारमा छन् ।” उनले जिल्ला कारागारमा जग्गा पर्याप्त भए पनि बन्दीका लागि भौतिक संरचना र ढल निकासको व्यवस्था नहुँदा समस्या भएको बताइन् ।

कारागारमा ठाउँ अभावकै कारण कैदीबन्दीले कारखानासमेत सञ्चालन गर्न नसकेको प्रशासनले जनाएको छ । “बन्दीहरूले आफ्नो सीपअनुसारका विभिन्न सामग्री बनाएर बिक्री गर्ने गर्छन्”, उनले भनिन् “त्यसका लागि पर्याप्त ठाउँ नहुँदा समस्या हुने गरेको छ ।” उनका अनुसार बन्दीहरूले कुर्सी, टेबललगायत सामग्री बनाउने गरेका छन् ।

“बिक्री गर्नका लागि समस्या हुँदैन, बाहिरबाट ‘अर्डर’ दिएर जान्छन्”, उनले भनिन्“बजार मूल्यभन्दा यहाँ धेरै सस्तो पाइने भएकाले पनि यहाँ किन्नलाई आउँछन् ।” त्यसैगरी, गत भदौमा कारागारले सरकारको निर्णयअनुसार १४ जना कैदीको ३३ प्रतिशत कैद मिनाहा गरेको छ । लागुऔषध र वन्यजन्तु मुद्दाका कैदीलाई सरकारले ३३ प्रतिशत कैद मिनाहा गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस