काठमाडौँ । उच्च अदालतका १४ जना न्यायाधीशको सरुवाका लागि सिफारिस भएको छ । न्यायपरिषद् सचिवालयको शुक्रवार बसेको बैठकले उनीहरूको सरुवाका लागि सिफारिस गरेको हो ।
बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निराैला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वाेच्च अदालतकाे न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेकाे छ । उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ भने उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई ओखलढुङ्गा इजलास सरुवा गरिएको छ ।
हेर्नुहोस् सरुवा सूची :










