१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोखिम बढेपछि उपत्यकामै रोकिए बाहिर जाने सवारी, सचेत रहन प्रशासनको अनुरोध 

अ+ अ-

काठमाडौँ । निरन्तरको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि उपत्यका बाहिर जाने सवारी साधनहरू रोकिने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागढुंगादेखि पश्चिमतर्फ जाने र बल्खुबाट दक्षिणतर्फ दक्षिणकाली जाने दुवै मार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार थानकोट हुँदै नौबिसे–मुग्लिङ–नारायणगढ सडक खण्ड र बल्खु–दक्षिणकाली–सिस्नेरी सडक खण्डमा पहिरोको जोखिम अत्यधिक भएकोले सवारी साधन सञ्चालन रोकिएको हो। सवारी साधनका चालकहरूलाई यी मार्गमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रशासनसँग भने, ‘अविरल वर्षाका कारण पहिरोको सम्भावना बढेको छ। नागढुंगा र बल्खुको मार्गमा जोखिम अत्यधिक भएकोले सवारी साधनहरूलाई रोक लगाइएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।’

प्रमुख जिल्ला अधिकारी आचार्यले जोखिमपूर्ण क्षेत्रमा सवारी नचलाई नजिकको प्रहरी कार्यालयसँग सडकको अवस्था बारेमा बुझेर मात्रै यात्रा गर्न अनुरोध गरे। उनले भने, ‘सुरक्षाका लागि सबैले संयमता अपनाउन आवश्यक छ। पहिरोको जोखिम घटेपछि मात्र सडक सञ्चालनको अनुमति दिइने छ।’

प्रशासनले यात्रुहरूलाई यात्रा योजना बनाउनुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन र सुरक्षित यात्राका लागि प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ। सडक विभाग र सुरक्षा निकायहरूले पहिरोको जोखिमको अनुगमन गरिरहेको र जोखिम घटेपछि मात्र सवारी सञ्चालनको अनुमति दिइने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस