२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालथोक-खुर्कोट सडकखण्ड सञ्चालनमा

अ+ अ-

सिन्धुली । अवरुद्ध बिपी राजमार्गको नेपालथोक-खुर्कोट सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका-३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थायी डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् ।  

बाढीपहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका एम्बुलेन्स, सयौँ सवारीसाधन र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए। “बिपी राजमार्गको चार खण्डमध्ये, खुर्कोट-नेपालथोक, सिन्धुलीमाडी-खुर्कोट र बर्दिबास-सिन्धुलीमाडी खण्डमा सवारीसाधन चल्न थालेका छन् । नेपालथोक-धुलिखेल सडकखण्ड खुलाउन अझै केही समय लाग्छ,” उनले भने।

बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । यातायात ठप्प हुँदा तीन दिनदेखी सयौँ सवारीसाधन बाटैमा थन्किएका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानी बासीको संयुक्त प्रयासमा अवरुद्ध भएका सडक मर्मत तथा बैकल्पिक व्यवस्थापन गरेर तत्कालका लागि एकतर्फी यातायातका साधन सञ्चालन गर्न सकिने बनाएको प्रहरी उपरीक्षक काफ्लेले बताए। 

बिहीवारदेखि परेको वर्षासँगै रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोलालगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीय बासीको सहयोगमा नेपालथोक–खुर्कोट सडकखण्डको अवरोध हटाएर बीच सडकमा अलपत्र परेका यात्रुलाई सिन्धुलीमाडीतर्फ ल्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए। 

उनले भने “हामी खुर्कोटदेखि नेपालथोकसम्मको सडक खुलाएर त्यहाँ अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई  सिन्धुलीमाडीतर्फ ल्याउँदै छौँ ।” यसैबीच मध्यपहाडी लोकमार्गका दर्जनौँ स्थानमा पहिरो गएपछि यातायात अवरुद्ध नै छ । मदन भण्डारी राजमार्ग भने अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।