२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशमा विपदबाट एक करोड ४३ लाख बराबरको क्षति

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशमा विपदबाट रु. एक करोड ४३ लाख बराबरको क्षति भएको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार बाढी पहिरो तथा डुबानका ३२ वटा घटना भएको जनाइएको छ । यस अवधिमा अधिक वर्षा, बाढी पहिरो तथा डुबानका घटना घटेका हुन् ।

विपद्मा परेर तीनको मृत्यु, दुई घाइते र एक बेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेले जानकारी दिए । बाढीमा परेर रुपन्देहीमा दुई र पानीमा डुबेर बाँकेमा एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षति भएको छ । तीन वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । सात वटा गोठमा क्षति पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्को सम्भावित घटनाबाट हुन सक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो ।