२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकमा एक सय १४ अंकको वृद्धि

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अंकले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अंकमा कायम भएको छ ।

आज तीन सय सात कम्पनीका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा रु. सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै नौ दशमलव ७४ प्रतिशतले बढेको छ । 

त्यस्तै, बैंकिङ तीन दशमलव ८३, विकास बैंक पाँच दशमलव ४८, होटल तथा पर्यटन पाँच दशमलव ९७ र जलविद्युत् पाँच दशमलव ९८ प्रतिशतले बढेको छ । लगानी छ दशमलव १०, जीवन बीमा चार दशमलव १२, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, लघुवित्त तीन दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ६६, निर्जीवन बीमा तीन दशमलव शून्य नौ, व्यापार तीन दशमलव ९९ र अन्य समूह चार दशमलव ६७ प्रतिशतले बढेको छ ।

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी-५० म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको रु. २८ करोड ८२ लाख ८३ हजार ९५६ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको छ लाख १२ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ ।