२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलकोटगढीमा सामूहिक जमरा राखियो

अ+ अ-

त्रिशूली । दसैँपर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा दुई सय ४५ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादसैँको लागि स्थानीय ब्रामण, क्षेत्री, आदिवासी–जनजाति, दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेको हो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएकोमा यो वर्ष पनि विभिन्न जाती र समुदायले सामूहिक जमरा राख्ने धार्मिक परम्परालाई निरन्तरता दिएको मन्दिरका पुजारी भोलाराज पौडेलले जानकारी दिए । उनको अनुसार विगतमा जस्तै यो वर्ष पनि ब्रामण, क्षेत्री, आदिवासी–जनजाति र दलित जातीका विभिन्न २२ थरका दुई सय पैँतालिस परिवारले एकै स्थानमा जमरा राखेका छन् ।

“स्थानीय क्षेत्रमा बसोबास गर्ने सबै जातीका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ ।” पुजारी पौडेलले भने “विजया दशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआरधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिन्छ ।”

नुवाकोट नामकरणका नौ कोटमध्येको प्रमुख कोट बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बौद्धिक सनातन परम्पराको लागि महत्वको रुपमा लिइन्छ । यहाँ अवस्थित निरञ्जना भगवती मन्दिर प्रसिद्ध एवम् पौराणिक शक्तिपीठको रुपमा देशभर परिचित रहेको छ ।

बडादसैँ पर्वको अवसरमा काठमाडौँ हनुमानढोकाको बैद्धिकविधि अनुसार नै यहाँको मन्दिरमा गरिने पूजाआरधना र जमरा राख्ने परम्परा एउटै रहेको छ । हनुमानढोकाको भन्दा बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा राखिने सामूहिक जमराले स्थानीय क्षेत्रमा जातीय छुवाछुत प्रथाविरुद्धको सचेतनामा उल्लेख्य योगदान पुगेको बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङको भनाइ छ । 

उनका अनुसार मन्दिरमा सामूहिक जमरा राख्न र पूजा सञ्चालनका लागि गुठीको व्यवस्था भए पनि कुतवाली उठ्न छाडेपछि नियमित पूजा सञ्चालन प्रभावित हुन नदिन बेलकोटगढी नगरपालिकाले सहयोग पुराउँदै आएको छ ।

“धार्मिक परम्परा धान्न समस्या भइरहेको अवस्थामा सामूहिक जमरा राख्न स्थानीयवासीको सामूहिक प्रयास अनुपम नमूना छ ।” नगरप्रमुख गुरुङले भने– “पछिल्ला वर्षमा बेलकोटगढी नगरपालिकाले वार्षिक नीति तथा  कार्यक्रममा समावेश गरेर आर्थिक सहयोग उपलब्ध गराई पूजा सञ्चालनमा सहज बनाउन कोसिस गर्दै आइरहेको छ ।”   

बेलकोटस्थित पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँका स्थानीयले दसैँ पर्व विजया दशमीको दिनबाट सुरु हुने नवदुर्गा भवानीको प्रसाद ग्रहणमा लगाउने जमरा सामूहिक रुपमा निरञ्जना भगवती मन्दिरमा राख्ने गरिएको छ ।

मन्दिरका उपासे सन्दीप राना मगरको अनुसार सामूहिक जमरा राख्ने धार्मिक परम्परा दुई सय पचास वर्ष भन्दा पुरानो मानिन्छ । सामूहिक जमरा राख्ने धार्मिक कार्यक्रममा नगरप्रमुख गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, विभिन्न वडाको वडाध्यक्ष सहितको जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो ।